रेडिअन्टको दोहोरो जित


काठमाडौं, (नेस)
रेडिअन्टले प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ। रेडिअन्टले सिनियर गल्र्स र जुनियर ब्वाइजमा जित निकाल्यो। सिनियर गल्र्समा रेडिअन्टले ग्रामरलाई १८–११ ले पराजित ग¥यो। जुनियर ब्वाइजमा राज रोका र सञ्जीव भण्डारीको समान ८–८ अंक सहयोगमा रेडिअन्टले जेनिअमलाई २५–१५ ले हरायो।

सिनियर ब्वाइजमा ग्रामरले होप भ्यालीलाई ४६–३०, नेरिकले आयोजक न्यु भिजनलाई ३३–२१, एरिसले ओसिसलाई ४०–२७ र जेनिअमले बेबिलनलाई ३३–३२ ले पन्छाए। ग्रामरका विश्वास राईले १४, नेरिकका साजन थापाले १२, एरिसका विवेक राना मगरले १५ र जेनिअमका भिसन लिम्बूले १४ स्कोर गरे।