माउन्ट ग्लोरीद्वारा उपाधि रक्षा


काठमाडौं, (नेस)
माउन्ट ग्लोरीले चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ।
उत्तर भेगीय शैक्षिक मञ्च ९नेफ०को आयोजना तथा साइपाल एकेडेमीको प्रायोजनामा भएको प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन माउन्ट ग्लोरीले विनायकलाई २–० गोलले हराउँदै उपाधि रक्षा ग¥यो। विजेताका प्रीतम तामाङ र चन्दन दासले गोल गरे। माउन्ट ग्लोरीका आयुश गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए।

चाबहिलस्थित गणेशथान फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा हिमरश्मीले नोब्सलाई टाइब्रेकरमा ३–२ गोलले हरायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। माउन्ट ग्लोरीका चन्दन दास उत्कृष्ट खेलाडी तथा हिमरश्मीका ईश्वर गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए। फ्लोरोसेन्ट ‘इमर्जिङ टिम’ ठहरियो।

समापनका अवसरमा उत्कृष्ट ३० खेलाडीलाई साइपालले कुल १८ लाख रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गरेको थियो। जनही ६० हजारका दरले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो। प्रिन्सिपल नगरकोटीले सम्बन्धितलाई छात्रवृत्तिको पत्र हस्तान्तरण गरे।
त्यस्तै फिलिपिन्समा मार्चमा हुने प्रतियोगिताका लागि २७ खेलाडीको पनि प्रारम्भिक छनोट गरिएको छ। २७ खेलाडीबाट २० खेलाडीको अन्तिम छनोट गरी फिलिपिन्स लाने नेफका अध्यक्ष रोकाले जनाएका छन्।