भ्याली पब्लिक र ग्रिनल्यान्ड विजयी


काठमाडौं, (नेस)
भ्याली पब्लिक र ग्रिनल्यान्डले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन्।

भ्याली पब्लिकले एचएचसीएलाई ६६–४४ ले पराजित ग¥यो। भ्याली पब्लिकका राहुल विकले २९ अंक जोडे। ग्रिनल्यान्डले एआईएलाई ४६–३४ ले हरायो। ग्रिनल्यान्डका राजीव अवाललेले १५ अंक जोडे। सिनियर ब्वाइजमै विल्सन एकेडेमीले रोडिअन्टलाई ५०–३५ ले पाखा लगायो। विल्सनका पेम्बा शेर्पाले २६ स्कोर गरे।

सिनियर गल्र्समा हिमालीले मिश्रित प्रदर्शन ग¥यो। हिमालीले विज किड्सलाई २३–२० ले पराजित ग¥यो। हिमालीकी उर्वशीले १० अंक जोडिन्। विल्सनविरुद्धको खेलमा भने हिमाली ८–२० ले पछि प¥यो। जुनियर ब्वाइजमा नेरिकले पुष्पसदनलाई ३०–२१, स्वप्न वाटिकाले ओडिसीलाई १४–८ तथा राराहिलले ओडिसीलाई नै २१–१२ ले पन्छाए।