हस्तकलालाई प्रवद्र्धन गर्न मेला उपयोगी”

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
हस्तकला शहरको घोषणालाई समग्र हस्तकला व्यवसायीको हितमा सदुपयोग गर्न हस्तकला मेला उपयोगी हुने सरोकारवालाले बताएका छन्। ललितपुर महानगरपालिका– १६ ले आउह्दो चैत १३ गतेदेखि १७ गतेसम्म हस्तकला तथा सांस्कृतिक मेला आयोजना गर्न लागेको हो। स्थानीयस्तरमा उत्पादित हस्तकला र कालिगढलाई प्रवद्र्धन गर्न मेलाको उद्देश्य रहेको छ।

विश्व कला परिषद्ले ललितपुरलाई विश्वको ३५औं हस्तकला नगरी घोषणा गरेको छ। यस पृष्ठभूमिमा गर्न लागिएको सो मेलाबारे सुझाव संकलन गर्न शनिबार सरोकारवाला भेला बोलाइएको थियो।मेलाको अवधारणाबारे वडा अध्यक्ष निर्मलरत्न शाक्य, कार्यक्रमको रूपरेखाबारे रेणुका बज्रचार्यको प्रस्तुतीपछि आ–आफ्नो धारणा राख्दै सरोकारवालाले हस्तकलाको घोषणालाई सुहाउने गरी मेला आयोजना गर्नुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा हस्तकला घोषणा गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल हस्तकला महासंघका निर्वतमान अध्यक्ष धर्मराज शाक्यले घोषणाबाट संस्कृति, सम्पदा संरक्षणसंह्गै हस्तकला व्यवसायलाई प्रवद्र्धन गर्न अवसर ल्याएको धारणा राख्नुभयो। ‘हस्तकलाका सामग्रीको गुणस्तरीयता, ब्रान्डिङ कायम गर्न अवसर आएको छ। यो अवसरको लाभ उठाउने दिशामा मेला उपयोगी हुनेछ।’ निर्वतमान अध्यक्ष शाक्यले भन्नुभयो। ‘घोषणापछि कला ग्यालरी, संग्रहालय, हस्तकला तालिम केन्द्र बनाउनुपर्दछ। पुस्तौदेखि गर्दै आएको ज्ञान, सीपलाई हस्तान्तरण गर्न सकून्। यस्ता काम गर्न मेलाले सरोकारवालालाई घच्घच्याउने छ। ’ उहाह्ले भन्नुभयो।

महासंघकाका पूर्वअध्यक्ष समेत रहनुभएका हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष विकास धाख्वाले घोषणा अनुरूप वडाको सांस्कृतिक सम्पदा, अर्मूत संस्कृति, हस्तकला व्यवसायीलाई प्रवद्र्धन गर्नुपर्ने खाह्चो औल्याउनुभयो। उहाह्ले भन्नुभयो–‘मेलाले यस दिशामा अघि बढ्न कोशे ढुंगा साबित हुने विश्वास लिएका छौं।’ ललितपुर हस्तकला संघका अध्यक्ष विसरामसिंह महर्जनले हस्तकला व्यवसायीहरूले भोग्नुपरिरहेको समस्या, कठिनाईलाई सम्बोधनमा सहयोग पुग्ने गरी मेला आयोजना गर्नुपर्ने बताउनुभयो। नेपाल हस्तकला महासंघका सदस्य प्रदीप शाक्यले वडाका कलाकारहरूलाई एक्स्पोजर गर्ने, चिनाउने काम पनि गर्नुपर्ने बताउनुभयो।

संघका सदस्य सुभानन्द धाख्वाले मेलालाई उद्देश्यमूलक र नतिजामुखी बनाउन हस्तकला व्यवसायी, निजी क्षेत्र, संस्कृति संरक्षण क्षेत्रमा अनुभव व्यक्तिलाई समावेश गर्दा राम्रो हुने सुझाव दिनुभयो। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले वडाले गर्न लागेको हस्तकला मेला समयको मागलाई बुझेर तय गरिएको कार्यक्रमको संज्ञा दिह्दै भन्नुभयो–‘मेला नतिजामुखी र प्रभावकारी हुनुपर्दछ।’

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, ललितपुर हस्तकला संघका पूर्वअध्यक्ष रूपरत्न शाक्य, समाजसेवी तथा उद्योगी मोतिलाल शिल्पकार, वडा सदस्यहरू सुप्रभा शाक्य, विजय महर्जनलगायतले नेपाल भाषा, संस्कृति, हस्तकला र पर्यटन प्रर्वद्धनलाई टेवा दिने किसिमले मेला आयोजना गर्नुपर्नेमा केन्द्रित गर्दै आ– आफ्नो धारणा राख्नुभयो।मेलामा वडाका प्रत्येक टोललाई संलग्न गराउनुपर्ने पनि सहभागीहरूको राय थियो। यसअघि महानगरपालिका १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले। ‘मेलाले वडा नं। १६ लाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रूपमा विकास गर्न टेवा पु¥याउने छ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो।

विश्वसम्पदा सूचीकृत कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाविहार ९गोल्डेन टेम्पल०, यशोधर महाविहार, रत्नाकर महाविहार लगायत लिच्छिवकालीन बौद्ध विहार, विभिन्न मूर्त, अमूर्त सम्पदा सो वडामै रहेको छ। कार्तिक नाच, अष्टमातृका नाच जस्ता मल्लकालीन नाचहरू सो वडाबाट सञ्चालन हुने गरेको छ।‘यसलाई मध्यनजर गरेर वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रूपमा विकास गर्ने लक्ष्य राखेको छु।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ मेला लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम हो।’