सहयोगी विकास बैंकको नाफामा २९१ प्रतिशतले वृद्धि

0
Shares

काठमाडौं, (नेस)
सहयोगी विकास बैंकले चाल” आवको दोस्रो त्रैमासमा खुद नाफा २९१ प्रतिशतले वृद्धि गरेको छ। बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आव २०७५÷७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो।
बैंकले गत असोज मसान्तमा भन्दा ११६ दशमलव ९८ प्रतिशतले वृद्धि सञ्चालन मुनाफा वृद्धि गर्न सफल भएको थियो।े २०७४÷७५ को असोज मसान्तसम्म बैंकले १ करोडभन्दा बढी घाटा व्यहोर्नु परेको थियो। बैंकले यस वर्ष निक्षेप तथा कर्जा लगानीमा पनि वृद्धि गरेको छ। बैंकले निक्षेपमा २५ दशलव ८२ प्रतिशतले वृद्धि गरेको र कर्जा लगानीमा २४ दशमलव २२ प्रतिशतले वृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल बताउनुभयो। जसमा गत बर्षको तुलनामा खुद नाफालाई १५ प्रतिशतले वृद्धि गरेको छ। आर्थिक वर्ष २०७४÷७५ को यही अवधिमा निक्षेप ३ अर्ब ४५ करोड ४६ लाख ६९ हजार थियो। यस वर्षको सोही अवधिमा ४ अर्ब ३४ करोड ६८ लाखसम्म पु¥याउन बैंक सफल भएको छ।
त्यसैगरी लगानीतर्फ २ अर्ब ८४ करोड ८८ लाख ७१ हजार प्रवाह गरेको थियो भने यस वर्षको सोही अवधिमा बढाएर ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार पु¥याउन सफल भएको छ। यस बैंकको ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि बैंकले ‘एभरेज इन्ट्रेस्ट स्प्रेड’ दर ५ दशमलव १० प्रतिशतमा कायम गर्न सफल भएको छ। बैंकले आफ्नो निष्क्रिय कर्जा २ दशमलव ४५ प्रतिशतबाट १ दशमलव ६३ प्रतिशतमा झार्न सफल भएको तथ्यांकले देखाएको छ।