‘रोल्पा विकासको केन्द्र बन्नुपर्छ’

0
Shares

रोल्पा, (नेस)
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पछिल्लो राजनीतिक परिवर्तनको केन्द्र बनेको रोल्पा अब आर्थिक विकास र समृद्धिको केन्द्र बन्नुपर्ने बताएका छन्। सभामुख महराले उक्त कुरा रोल्पा उद्योग वाणिज्य संघले रोल्पाको सुलिचौरमा आयोजना गरेको दोस्रो रोल्पा महोत्सव उद्घाटनका क्रममा बताएका हुन्।

राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै अब संविधानले परिकल्पना गरेको समाजवादमा पुग्न आर्थिक क्रान्ति जरुरी भएको सभामुख महराको भनाइ थियो। आफ्नै उत्पादनप्रति गर्व गर्नुपर्ने बताउँदै रोल्पाको मुख्य उत्पादन मकै, कोदो, जौलाई थप प्रबद्र्धन गरी व्यवसायिक बनाउनुपर्ने सभामुख महराको धारणा थियो। रोल्पालीको समृद्धि रोल्पाको कृषि, पर्यटन, जलस्रोत र उद्योगबाट हुने बताउँदै समृद्धिको खोजीमा भौतारिन नपर्ने सभामुख महराको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सभामुख महराले आफूले रोल्पालाई कहिल्यै नभुल्ने बताए। रोल्पा विधितायुक्त कला संस्कृतिको संगम भएको बताउँदै उनले यसको संरक्षण गर्दै पुस्ता हस्तान्तरणमा समेत जोड दिनुपर्ने विचार व्यक्त गरे।