गल्फ लुब्रिकेन्टका रिटेलरलाई एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी प्रदान

0
Shares

काठमाडौं, (नेस)
गल्फ लुब्रिकेन्टका रिटेलरका लागि नेपाल ल्युब आयल लिमिटेडले एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी उपलब्ध गराएको छ। गल्फ दुर्घटना बीमा २०७५÷७६ अन्तर्गत सो पोलिसी उपलब्ध गराएको हो। कम्पनीसह्ग गरिएको सम्झौताअनुसार एक केएलदेखि सात केएल लुब्रिकेन्ट बिक्री गर्ने प्रतिबद्धता जनाएका रिटेलरलाई सो पोलिसी उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

गल्फ लुब्रिकेन्टका अनुसार रिटेलरहरू कम्पनीको बिजनेस पार्टनरसमेत भएकाले कम्पनीले आफ्नो उत्तरदायित्वकै रूपमा एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी ल्याएको गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडका मार्केटिङ र ब्रान्ड म्यानेजर प्रद्युम्न न्यौपानेले बताउनुभयो। नेपाल ल्युब आयल लिमिटेडले यो आर्थिक वर्षको लागि पोलिसी ल्याएको र अर्को वर्ष समेत उनीहरूको कार्य क्षमता र सम्झौता भएपछि यसलाई निरन्तरता दिने जनाएको छ।

गल्फ दुर्घटना बीमा निति २०७५÷७६ अन्तर्गत रिटेलरहरूलाई सो पोलिसी उपलब्ध गराइएको हो। गल्फले ‘अ पार्टनर यु क्यान रिले अन’ नामक क ट्यागलाइन अनुसार सो पोलिसी उपलब्ध गराएको हो।