मोटो र दुब्लो हुनुपछाडि अनुवंशको हात


लन्डन, (एजेन्सी)
वैज्ञानिकहरूले किन केही मानिस दुब्लो पातलो तथा कोही निकै मोटो रहने गरेको भन्नेबारे रहस्य पत्ता लगाएका छन्। तिनीहरूको अनुसन्धानबाट शरीर दुब्लाउनुसँग आनुवंशिक क्षेत्रसंग सम्बन्ध हुने गरेको तथ्या पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय टोलीले केही मानिसका सन्तुलित आहार र जीवनशैलीभन्दा भाग्यले उपयुक्त आनुवंशिक जोडी हुनाको कारण शरीर स्लिम रहने बताएको छ।

गीतमा यानी केही दशकअघि अनुसन्धानकर्ताहरूले सयौं आनुवंशिक परिवर्तनपछि कुनै पनि व्यक्तिको अत्यधिक वजन हुने पत्ता लगाएका थिए। तर त्यतिबेला दुब्ला मानिसहरूको अनुवंशमा कमै ध्यान दिइएको थियो।

यस पछिल्लो अध्ययन अनुसन्धानको दौरान वैज्ञानिकहरूले बेलायतका १ हजार ६ सयजना स्वस्थ्य तर दुब्ला अर्थात् शरीर पिण्ड सूची ९बीएमआई० १८ भन्दा कम भएका मानिसहरूलाई निकै मोटाघाटा २ हजार र सामान्य वजन भएका १ लाख ४ सय जनासँग तुलना गरेका थिए।

साथै खाने आनीबानीबाट वजनमा हुन सक्ने प्रभाब हेर्न तिनीहरूले अनुसन्धानमा सहभागीहरूलाई जीवनशैलीसम्बन्धी प्रश्नावली पनि दिएका थिए। अनुसन्धानकर्ताहरूले मोटा मानिसहरूको अनुवंशको जोडा मोटो हुने खालकै अनुवंशसँग मिल्ने गरेको पत्ता लगाएका छन्।

त्यसैगरी दुब्ला मानिसहरूको थोरै मात्र अनुवंश मोटो हुने खालको अनुवंशसँग मिल्ने गरेको पाइएको छ। त्यसैले प्रमुख अनुसन्धानकर्ता तथा युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रोफेसर सदाफ फारुकीले कसैको शारीरिक वजनबारे त्यति गम्भीर नहुन आह्वान गरेकी छिन्।

उनका अनुसार कसैलाई अरूका वजन हेरेर टिप्पणी गर्न जति सजिलो भए पनि वास्तवमा मोटो र दुब्लो बन्नुको पछाडि विज्ञानको कति धेरै जटिल तथ्यहरू लुकेका हुन्छन््््। वैज्ञानिकहरूले मानिसले चाहेर पनि आफ्नो वजनमाथि सही नियन्त्रण गर्न निकै कठिन हुने बताएका छन्।

वैज्ञानिकहरूको यस अनुसन्धानको मुख्य उद्देश्य वजन घटाउने नयाँ उपायहरू पत्ता लगाउनुरहेको छ। तर स्वास्थ विशेषज्ञहरूले भने अनुवंशको आकारप्रकारले जतिसुकै मानिसको वजनमा असर पार्ने भए पनि वर्षैं पुरानो व्यायाम र आहारको स्वस्थ्य स्तरको धारणाले अझै पनि वजनमा उत्तिकै प्रभाव पार्ने गरेको दाबी गरेका छन्।