पर्वत, (नेस)
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरूका बीचमा सहमतिमै अवरुद्ध संसद् सुचारु हुने विश्वास व्यक्त गर्नुभएको छ।
पर्वतको कुस्मा नगरपालिका–१० बितलवस्थित पूर्णेश्वर माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले सहमतिमै संसद्का नियमित प्रकृयाहरू सञ्चालन हुँदै आएकाले यसपटक पनि सहमतिमै खुल्ने विश्वास व्यक्त गर्नुभयो। ‘सदनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा हुने असमझदारीहरू सहमतिकै प्रकृयामा टुंगो लाग्दै आएका छन्,’ उहाँले भन्नुभयो– ‘यसपटक पनि सहमतिमै अवरुद्ध संसद् सुचारु हुने विश्वास लिएको छु’ प्रमुख प्रतिपक्षी दलले राखेका मागहरू सरकारले सम्बोधन गरिसकेको र सहमतिमा नै बसेर अबरुद्ध संसदका प्रकृयाहरू सुचारु हुने उहाँको भनाइ छ।











प्रतिक्रिया