दयाराम पण्डित, बाजुरा
छाउपडी प्रथाबारे स्थलगत अध्ययनका लागि बाजुरा आएको प्रतिनिधिसभा सामाजिक विकास समितिका सांसदको टोली सम्बन्धित क्षेत्रमा पुग्न नसकेरै फिर्ता भएको छ। सांसद गणेश ठगुन्नाको नेतृत्वमा बिहीबार मात्र जिल्ला सदरमुकाम मार्तडी पुगेको ६ जना प्रतिनिधिसभाका सदस्य सांसदहरूको टोली हिमपातका कारण यातायात अवरुद्ध भए पछि बडिमालिका नगरपालिकाको ढम्कने र रजातोलीमा अन्र्तक्रिया गरेर शनिबार फर्किएको बताइएको छ।
अघिल्लो पौष महिनामा बुढीनन्दा नगरपािलका वडा नं ९ अंगाउपानीस्थित एक छाउगोठमा आमा छोरासहित ३ जनाको मृत्यु भएपछि प्रतिनिधिसभा सामाजिक विकास समितिले सो घटनाको स्थलगत अध्ययन गर्न सांसद ठगुन्नाको नेतृत्वमा ६ सदस्यी टोली बाजुरा पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभएको छ।
घटनास्थलमा पुग्न नसके पनि टोलीले शनिबार पनि जिल्ला सदरमुकाम मार्तडीमा अन्र्तक्रिया गरेको प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो। सामाजिक विकास समितिको टोली घटनास्थल नपुगेर जिल्ला सदरमुकामबाटै फर्किएपछि सामाजिक सञ्जालमा विरोधसमेत जनाइएको छ।
सो टोलीमा सांसदहरू गंगा चौधरी बाजुराबाट प्रतिनिधिसभाका सांसद लालबहादुर थापा, बिमला नेपाली, अम्रिता थापामगरलगायत रहनुभएको थियो। गत पौस महिनामा छाउगोठमै आमासहित दुई छोरासहित धुँवाले निसासिएर मृत्यु भएको थियो । घटना बारे बुझ्न संसदीय समितको टोली बिहीबार बाजुरा पुगेको थियो। सदरमुकाम मार्तडीबाट करिब २५ किलोमिटर दुरीमा पर्ने बुडिनन्दा पाण्डसैन पर्छ।
बडिमालिका नगरपालिकको वडा नं ७ ढम्कनेसम्म सानो गाडी जान्छ। करिब १० किलोमिटर दुरीमा पाण्डुसैन पर्छ। यातायात सेवा सुचारु छैन यद्यपि मानिस आवागमन भने बन्द नभएको स्थानीयले बताए। ढम्कने पुगेको संसदीय टोली लेक काट्ने हिम्मत नगर्दा बीचबाटै फर्केको बताइएको छ।
पाण्डुसैनका केही नागरिकलाई ढम्कने बोलाएर अन्तरक्रिया गरेको जनेश भण्डारीको फेसबुक पेजमा उल्लेख गरिएको छ। संसदीय टोली यूएनडीपीको सहयोगमा बाजुराको सदरमुकाम मार्तडी पुगेको बताइएको छ।











प्रतिक्रिया