आयोजक एक्सेल्सियर च्याम्पियन


नेपाल समाचारपत्र, काठमाडौं
आयोजक द एक्सेल्सियर स्कुल सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा च्याम्पियन बनेको छ। एक्सेल्सियरले शुक्रबार स्वयम्भूस्थित घरेलु मैदानमा भएको सिनियर ब्वाइजको फाइनलमा साइन मोडललाई ३–१ गोलले हराएको हो। टोलीको जितमा निमेश गोतामेले २ र कर्मा निमा गुरुङले १ गोल गरे भने साइनका रिदम आलेले सान्त्वना गोल फर्काएका थिए।

यस्तै जुनियर फुटबल फाइनलमा त्रिनेत्रले ओराकललाई ४–३ गोलले हरायो। अनिश बुढा तथा किसन खड्काले समान २–२ गोल गरेपछि त्रिनेत्रले उपाधि जितेको हो। ओराकलका सुविन कर्माचार्यले २ तथा कृष गुरुङले १ गोल फर्काए। एक्सेल्सियरका निमेश गोतामे तथा त्रिनेत्रका अनिश बुढा उत्कृष्ट खेलाडी घोषित भए। सिनियरमा एक्सेल्सियरका दीक्षान्त खड्का तथा जुनियरमा ओराकलका रोजन श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए। सिनियरमा काव्य तथा जुनियरमा आर्या एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे।

बास्केटबलमा रेडियन्टको वर्चश्व
सोही प्रतियोगिताअन्तर्गत बास्केटबलतर्फ रेडिअन्ट पब्लिकले सिनियर र जुनियर उपाधि हात पार्दै उपाधिमाथि वर्चश्व जमायो। सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले एलआरआईलाई ६२–५८ ले पराजित ग¥यो। टोलीका लागि स्वयं कार्कीले २४ अंक जोडे। जुनियर ब्वाइज फाइनलमा रेडिअन्टले ग्रिनफिल्डलाई ३१–१४ ले हरायो। विजेताका प्रस्तुत पौडेलले १२ स्कोर गरे। त्यस्तै सिनियर गल्र्सको उपाधि भिडन्तमा स्वर्णिमले स्किब्सलाई ३५–१८ ले पाखा लगाउँदै उपाधि हात पा¥यो।