सवारी दुर्घटनामा ७ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
सर्लाही, झापा, सिराहा, मकवानपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
सर्लाही, हरिवन नगरपालिका(१० धरहरा चोकस्थित सडकमा बिआर २२ पिए ०२४६ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई पल्टिएर बिहीबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार पर्सा वीरगंज बस्ने अजय रायलाई उपचारको लागि  वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सोही गाडीमा सवार वीरगंज बस्ने ४५ वर्षीय सुरेन्द्र रायको वीरगंज हेल्थ केयरमा उपचार भईरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सर्लाही, लालबन्दी नगरपालिका(१ बागवानीस्थित सडकमा ना।५ ख ३२६ नम्बरको बसले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल मलगंवा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, अर्जुनधारा नगरपालिका(९ मगरटोलस्थित सडकमा मे।१० प ४२७१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएकी स्कुटीमा सवार ३३ वर्षीया लक्ष्मी राईको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । चालक उनको श्रीमान सोही नगरपालिका(६ बस्ने ३७ वर्षीय घनेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, बिष्णुपुर गाउँपालिका(५ पदमपुरस्थित सडकमा नम्बर नखुलेको जेसिबीमा स।७ प ८७४८ नम्बरको मोटरसाइकल बिहीबार साँझ ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिराहा नगरपालिका(६ हनुमान नगर बस्ने ३० वर्षीय वीरेन्द्रकुमार पण्डित र मोटरसाईकलमा सवार २७ वर्षीय  दौरिक सदाय मुसहरको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । फरार जेसिबी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(५ पिप्लेस्थित सडकमा ना।५ त ८५९९ नम्बरको ट्याक्टरको टेलरमा ना।३७ प १२३२ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका(१८ ठुलोदमार बस्ने ३२ वर्षीय राजेश श्रेष्ठको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, कन्चनरुप नगरपालिका(१२ स्थित सडकमा स।३ प ३६५२ नम्बरको मोटरसाइकलले २ वटा साईकललाई बिहीबार राति ठक्कर दिई  अनियन्त्रित भई पुलमा ठोकिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका(१२ बस्ने २१ वर्षीय विश्वराज राईको सगरमाथा अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै साईकल चालकलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलिया लगिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।