भद्रपुर ।
सरस्वतीको मूर्तिलाइ २१ वर्षपछि मन्दीर निर्माण गरी व्यवस्थित गरिएको छ । साविक भोजपुर कोट गाविस –४ हाल टेम्के मैयुङ् गाउँपालिका –७ स्थित सत्यदेवी प्राथमिक विद्यालय सानिटारमा मन्दीर निर्माण गरी व्यवस्थित गरिएको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष भक्त राइको सभापतित्व तथा वडा नम्ब ७ का अध्यक्ष उद्धव राइको प्रमुख आतिथ्यमा मूर्ति अनावरण तथा हस्तान्तरण गरिएको थियो ।
वि.सं.१९९७ सालमा स्थानीय स्वर्गीय गोपिकृष्ण नेपाललाइ दैविक शक्तिबाट दिप्सा गाउँबाट प्राप्त भएको सरस्वती देवीको मूर्तिलाइ ल्याएर धार्मीक विधिअनुसार सोही स्थानको कुटीडाँडामा स्थापना गरिएको थियो । स्थानीय स्वर्गीय कृष्णभक्त नेपालसहितको परिवार वि.सं. २० ५४ सालमा बसाइ सराइ गएपछि मुर्ति पूजा अर्चनाबाट बञ्चित भएको थियो । सोही क्रममा स्वर्गीय नेपालका श्रीमती पवित्रादेवी लगायत उनका सन्ततीले कुटीडाँडाबाट लगेर केहीदिन अघि विद्यालयमा मन्दीर निर्माण गरी हस्तान्तरण गरेका छन् । मूर्ति साक्षात् सरस्वती देवीको भएको धरान पिण्डेश्वरका गुरु पुरुषोत्तम भट्टराइले बताए । मूर्तिमा फरक–फरक समयमा विभिन्न प्रकारका चित्रहरु देखिने भएकोले यसको संरक्षण महत्वपूर्ण भएको उनले जनाए ।
कार्यक्रममा स्वर्गीय कृष्णभक्त स्मृति छात्रवृत्ति प्रदानको घोषणा समेत गरिएको छ । कक्षा ५मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने दुइजना छात्र–छात्रालाइ प्रत्ेयक वर्ष जनही दुइहजारका दरले प्रदान गर्ने जनाइएको हो । विद्यालयका प्रधानाध्यापक पून्य प्रसाद श्रेष्ठले स्वागत तथा भेषराज नेपालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा पुरुषोत्तम भट्टराइ, वडा सचिव तोयाराज दुलाल लगायतले बोलेका थिए ।
सोही कार्यक्रममा मूर्ति निर्माणकर्ताहरुले विद्यालयमा अध्ययनरत अविभावकमध्येका दुइजना जेष्ठ नागरिकलाइ सम्ममान गरेका थिए भने विद्यार्थीहरुलाइ शैक्षिक सामग्री प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रमेश राइले गरेका थिए ।











प्रतिक्रिया