राणा र लोहनीको राप्रपा एकीकरण हुँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पशुपति शमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र डा। प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच पार्टीएकता हुने भएको छ। कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी भने अलग नै रहेको छ।
राजतन्त्र र हिन्दू राज्यको पक्षमा दुवै पार्टी एक भएका छन्। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० राख्ने सहमति भएको बताइएको छ। आज शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी दुई राप्रपा एकीकरण गर्ने तयारी भइरहेको छ।

दुई पार्टीबीच चुनाव चि≈न हलो राख्ने सहमति भएको छ। तीनैवटा राप्रपा एकीकरण गर्ने गरी वार्ता अघि बढे पनि अन्तिममा नेतृत्व र सिद्धान्तको बारेमा कुरा नमिल्दा कमल थापाको नेतृत्वमा रहेको राप्रपा बाहिरिएको थियो।

यसअघि संसद्मा चौथो ठूलो दलका रूपमा रहेको राप्रपाले अहिलेको निर्वाचनबाट दलको हैसियतसमेत गुमाउन पुगेको छ। थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपाले २०७३ साल फागुनमा एकता महाधिवेशन गरी एकीकृत भएका थिए। त्यतिबेला लोहनी राणा नेतृत्वको राप्रपामा थिए। महाधिवेशनले अध्यक्षमा थापालाई निर्वाचित गरेको थियो।

महाधिवेशनपछि महाधिवेशनबाट स्वीकृत विधानअनुसार र एकीकरण हुनुपूर्व शीर्ष नेताबीच भएको मौखिक सहमतिलाई उल्लंघन गरी अध्यक्ष थापाले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको भन्दै डा। लोहनीले अध्यक्ष थापालाई ११ बुँदे पत्र लेखेर पार्टी परित्याग गरेका थिए। लोहनीले त्यसपछि अन्य नेतासँग मिलेर नयाँ पार्टी राप्रपा ९राष्ट्रवादी० गठन गर्नुभएको थियो।

एकता महाधिवेशनपूर्व राप्रपाका शीर्ष नेताबीच पार्टीको अध्यक्ष थापा बन्ने र डा। लोहनीको नेतृत्वमा वरिष्ठ नेताहरूको ११ सदस्यीय नीति निर्धारण तथा निर्देशन समिति बनाउने भन्ने सहमति भएको थियो। यो निर्देशन समितिले पार्टी नीति बनाउने र पार्टीलाई समेत निर्देशन दिने उल्लेख थियो।

यो समिति एकता महाधिवेशन सम्पन्न भएको एक महिनाभित्र बनाइसक्नुपर्ने भए पनि अध्यक्ष थापाले निर्देशन समिति गठन गर्न आलटाल गरेपछि डा। लोहनी बाहिरिएका थिए। एकता महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा रहेका लोहनीलाई निर्देशन समितिको अध्यक्ष बनाउने भनेकाले उहाँले महाधिवेशनमा पार्टी अध्यक्षका लागि उम्मेदवारी दिनुभएको थिएन।

राप्रपाबाट लोहनी बाहिरिएपछि निर्देशन समितिको अध्यक्ष राणालाई बनाउनुपर्ने माग उठेको थियो। यहीबीचमा अध्यक्ष थापाले पार्टीको सबै मनोनयन तथा नियुक्ति प्रक्रियामा पार्टीमा तथा शीर्ष नेताहरूबीच छलफल नै नगरी एकलौटी ढंगले अघि बढेको भन्दै राणासमेत असन्तुष्ट बन्नुभएको थियो। अध्यक्ष थापा पार्टीलाई थाहा नै नदिई पार्टीभित्र कुनै छलफल नै नगरी उपप्रधान तथा स्थानीय विकासमन्त्री भएपछि राप्रपाभित्रको विवाद अझ चुलिँदै गएको थियो।

प्रथम चरणको निर्वाचनमा राप्रपाले नराम्ररी हारेपछि पार्टीभित्र अध्यक्ष थापाको राजीनामा अथवा निर्देशन समिति गठन गर्न दबाब बढेको थियो। अध्यक्ष थापालाई असन्तुष्ट पक्षले अध्यक्ष र संसदीय दलको नेताबाट समेत हटाउने रणनीति बनाउन थालेपछि उहाँले एकलौटी ढंगले ४३ जना केन्द्रीय सदस्य मनोनित गरी सुरक्षित भएका थिए।

यहीबीचमा मधेशको माग सम्बोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव पारित गर्ने उद्देश्यले संसद्मा ल्याइएको बेला राप्रपाका १४ जना सांसद अनुपस्थित भएपछि राप्रपा विभाजन उन्मुखतर्फ अघि बढेको थियो। अन्ततः राणाले पार्टी विभाजन गरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० गठन गर्नुभएको थियो।