कनेक्ट होम बजारमा

0
Shares

काठमाडौं, (नेस)
भिजिल टेक्नोलोजी काठमाडौं भ्याली र सिलिकन भ्यालीले कनेक्ट होम नामक नयाँ उत्पादन सार्वजनिक गरेका छन्। नेपालमा बनेको नेपालीकै लागि भन्ने नाराका साथ कम्पनीले स्मार्ट होम सोलुसन उत्पादन बजारमा भित्र्याएको हो।

नेपाली बजारलाई नै केन्द्रमा राखेर निर्माण गरिएको यो कनेक्ट होम सस्तो र सुलभ भएको कम्पनीले दाबी छ। स्वचालित सोलुसन भएको उक्त उत्पादन कम्पनीले नेपालमा नै निर्माण गरेको हो। जुन अत्यन्तै बलियो भएको कम्पनीले बताएको छ। उक्त उत्पादनमा क्यान इन्फोटेक २०१९ मा सर्वसाधारण खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपालीमा निर्माण भएकाले उक्त कनेक्ट होमले नेपालीको चाहनालाई पूर्ण गर्ने कम्पनीले दाबी गरेको छ। जुन नेपाली बजारमा सजिलै र सस्तोदरमा उपलब्ध छ। कनेक्ट होल घरमा प्रयोग भइरहेको पुरानो तार र केबलमा पनि प्रयोग गर्न सकिनेछ। जुन रिमोटबाट सजिलै चलाउँन सकिन्छ। रिमोटमा समय, अन र अफको समय पनि सेट गर्न सकिन्छ। भिजिल टेक्नोलोजी र सिलिकन भ्याली टेक्नोलोजी सन् २०१८ मा नेपालमा स्थापना भएको कम्पनी हो।