एनसेलको भ्यालेन्टाइन अफर

0
Shares

काठमाडौं, (नेस)
एनसेलका ग्राहकले यसपटकको भ्यालेन्टाइन सिजनमा प्रियजनसँग सुलभदरमा असीमित कुराकानीको मज्जा लिन पाउने भएका छन्। नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्रालिले आफ्ना ग्राहकका लागि भ्यालेन्टाइन अफर ल्याएको छ। जसअन्तर्गत ग्राहकले आफूले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (करसहित ६४ पैसा) प्रतिमिनेटका दरले कुरा गर्न सक्नेछन्।

यो भ्यालेनटाइन अफर शुक्रबार (माघ १८) बाट लागू हुनेछ। अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिनाकुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रतिमिनेटमा फेब्रुअरी महिनाभर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन्।

यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले सय वटा एसएमएस निःशुल्क पाउनेछन्। यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा सन्देश पठाउन प्रयोग गर्न सकिनेछ।
ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन्। ग्राहकले सिधंै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन्। साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन्। भ्यालेन्टाइन अफरले ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।