बेटी पढाऊ, बेटी बचाऊ कोष र प्रभु बैंकबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
प्रदेश नम्बर २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रभु बैंकबीच ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। २ नम्बर प्रदेशस्तरीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाँल र प्रभु बैंकका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं। २ का मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो।

सम्झौताअनुसार पहिलो चरणमा प्रदेश नं। २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा सञ्चालनमा आएको छ र मन्त्रालयको सम्झौताको आधारमा यो कार्यक्रम अन्य जिल्लामा समेत विस्तार हुनेछ। यो अभियानअन्तर्गत माघ १ गते पश्चात् माथि उल्लेखित ८ जिल्लामा जन्मिएका छोरीको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसको आधारमा प्रभु बैंकले २० वर्षको अवधिको लागि मुद्दती खाता खोली दिनेछ। मन्त्रालयले प्रदान गर्ने १३ हजार ६ सय ४६ रुपियाँ र १५ पैसामा खोलिएको मुद्दती खाता २० वर्षपछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ट १ लाख रुपियाँ पाउने व्यवस्था रहेको छ। खाता खोलिएको छोरीको मृत्यु भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र ब्याज प्राप्त गर्न सकिने छ।