क्यान इन्फोटेकमा स्काईवर्थको अवार्ड विजेता एआई टिभी

0
Shares

काठमाडौं, (नेस)
स्काईवर्थले क्यान इन्फोटेक २०१९ मा नयाँ उत्पादन तथा प्रविधि प्रस्तुत गरेको छ। स्काईवर्थ हालै सीईएस २०१९ मा ४ अवार्डबाट सम्मानित भएको थियो।
सीईएस २०१९ मा टिभी एक्सपिरेन्स गोल्ड अवार्डबाट सम्मानित भएको स्काईवर्थको क्यू थ्री सीएआई टिभी पनि क्यान इन्फोटेक २०१९ मा प्रदर्शनमा राखिएको छ। स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ। जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ। यसमा शक्तिशाली प्रोसेसर जडान भएको छ जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई अध्भूत अनुभव सिर्जना गर्छ।

क्यान इन्फोटेक २०१९ मा एआई टिभी बाहेक गुगल एन्ड्रोइड सीरिजको टेलिभिजन पनि प्रदर्शन गरिएको छ। क्यान २०१९ मा स्काईवर्थको अन्य आकर्षणमा स्काईवर्थको मल्टीफङसनल टेबल जसमा इन बियुल्ट फ्रिज र साउन्ड सिस्टर, चेस्ट फ्रिजर र एयर कन्डिस्नर पनि रहेको छ।