हुन्डाईले विद्युतीय कार नेपाली बजारमा ल्यायो

0
Shares

काठमाडौं, (नेस)
हुन्डाईको लागि नेपालको आधिकारक वितरक लक्ष्मी इन्टरनेशनल प्रालिले नयाँ विद्युतीय गाडी कोनका एसयुभी लन्च गरेको छ। यो पहिलो पूर्ण इलेक्ट्रिक सब कम्प्याक्ट एयसभी हो, जसमा क्लोज्ड ग्रीले र अद्भूत बाहिरी डिजाइन छ। यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहजरूपमा सिफ्ट बाई वेयर मोडलले गाडी चलाउन सहयोग गर्छ। कोनका एसयुभीसबै प्रयोजनको लागि चलाउन मिल्ने गाडी हो। यसको शुरूवाती मूल्य ५१ लाख ९६ हजार रुपियाँ रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसको १३५ पीएस को पावरले यसलाई दरिलोपनको साथ इलेक्ट्रिक पावर ट्रेनको पावर प्रदानगर्दछ। साथै फ्रन्ट व्हील ३९ दशमलव २ केडब्लुएच लिथेनियम पोलमर ब्याट्री प्याकको पावरको साथ गुड्छ। सिंगल चार्ज गर्दा यसको इलेक्ट्रिक ड्राईभिङ रेन्ज ३०० किलोमिटरभन्दा बढी ९रिजेनेरेटिङ ब्रेकिङ इफेक्ट समेत० रहेको छ। यसको मुख्यविशेषता भनेको भिन्न टप–बटम र हेडल्याम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, रियर ल्याम्प, अटोहोल्डको साथ इलेक्ट्रिक पार्किङ ब्रेक, प्याडल सिफटर, तातो र हावा जाने अगाडिको सिट, ताररहित चार्जर ९फोन०, ६ एअरब्यागहरु ९अगाडि र साइडमांंथोरेक्स र पेल्भीस०, हिल एसिस्ट कन्ट्रोल आदि हुन्।