महासंघ र आईएलओबीच सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल कार्यालयबीच श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धिसम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार महासंघ रोजगारदाता परिषद्द्वारा सञ्चालन गरिने परियोजना कार्यक्रमअन्तर्गत महासंघका सातवटै प्रदेश च्याप्टरको क्षमता विस्तार, नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवाद लगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधारमा केन्द्रित रहनेछन्। सो अवसरमा महासंघ र आईएलओबीचको सहकार्य नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐनलगायत विषयमा समेत विस्तृत छलफल भयो।

सम्झौता अनुसार महासंघ रोजगारदाता परिषद्द्वारा सञ्चालन गरिने परियोजना कार्यक्रमअन्तर्गत महासंघका सातवटै प्रदेश च्याप्टरको क्षमता विस्तार, नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन हुनेछन्।

बैठकमा महासंघका अध्यक्ष राणाले आईएलओको सहयोगप्रति आभार प्रकट गर्नुभयो। सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आईएलओले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। अध्यक्ष राणाले नेपाली निजी क्षेत्र मुलुकभित्र औद्योगिक विकासमार्फत् रोजगारी सिर्जनामा केन्द्रित भएको, रोजगारदाता एवम् श्रमिकबीचको सम्बन्ध सुमधुर बन्दै गएकाले मुलुक अव विस्तारै आर्थिक समृद्धितर्फ अगाडि बढ्ने आशा निजी क्षेत्रले गरेको बताउनुभयो।

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसार ढकालले आईएलओबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुहुँदै महासंघ आईएलओसँग निरन्तर सहकार्य गर्न तयार रहेको र आईएलओबाट प्राप्त सहयोगबाट महासंघको स्थानीय प्रदेश च्याप्टरको क्षमता अभिवृद्धि भई स्थानीय तहमा श्रम सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो।

सो अवसरमा आईएलोका देशिय निर्देशक हवार्ड डा। रिचार्ड होवार्डले महासंघको आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि थप प्राविधिक सहयोग एवं कार्यक्रमहरू विस्तार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।