राति नसुती काम गर्नेको डीएनए खराब हुने खतरा



हङकङ, (नेस)
यदि तपाईं नियमित रातिको सिफ्टमा काम गर्नुहुन्छ भने यो बानी डीएनएका लागि घातक हुन सक्छ। निन्द्रा पूरा नहुनुले रात्रि सिफ्टमा काम गर्ने कामदारको बसेलाइनमा हुने डीएनए जीनको पुनर्निर्माण क्षमता अत्यन्त कम हुने गरेको एक अध्ययनले देखाएको छ।

एनेस्थेसिया एकेडमी जर्नलको प्रतिवेदनमा राती जाग्नुले मधुमेह, कार्डियोभास्कुलर र न्युरोलजिकल रोग हुने खतरा बढ्ने दाबी गरिएको छ।

जसले राति जाग्राम बसेर नियमित काम गर्छ उसको डीएनए खराब हुने गति राति पर्याप्त सुत्नेको भन्दा ३० प्रतिशतले बढी हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। रातभरि नसुती पर्याप्त निन्द्रा पनि नपु¥याउनेको डीएनए खराब हुने गति २५ प्रतिशतले बढ्छ।

युनिभर्सिटी अफ हङकङको रिसर्च एसोसिएट एसडब्ल्यू चोईले डीएनए खराब हुनुको अर्थ उसको मूल स्वरूपमा परिवर्तन आउनु भएको बताए। डीएनए परिवर्तित हुनुले पनि यसको पुनर्निर्माणको प्रक्रिया शुरू हुन पाउँदैन।

डीएनएमा दोहोरो खराबी आएमा यसको दुष्प्रभाव सरीरको सबै वंशाणुमा पर्ने हुन्छ। यसको कोशिका सधैंका लागि मृत प्राय हुन सक्छ। वंशाणुको पुनर्निर्माण नहुनुले शरीमा ओन्कोजेनिक परिवर्तन हुन थाल्छ। यसले क्यान्सर हुने खतरा पनि बढ्छ।

प्रतिवेदनमा डीएनएमा खराबीको जाँचका लागि २८ देखि ३३ वर्षबीचका स्वस्थ चिकित्सकहरुको रगत नमुना लिइएको थियो। तीन रातसम्म जाग्राम हुने ती डाक्टरका रगतको नमुनो जाँच गरिएको थियो। चोईका अनुसार उनीहरुको डीएनएमा खराबी देखिएको थियो। डीएनए खराब हुनुले क्रोनिक रोगबाट कसरी मानिस चपेटामा आउँछन् त्यसको थप शोध हुनुपर्ने उनले बताए। खराब भएका डीएनएको उपचार विधिको खोज हुनुपर्ने पनि उनले थपे।

 

प्रतिक्रिया दिनुहोस्