धनवीर दाहाल, रुकुम
जिल्ला समन्वय समितिको कार्यालय रुकुम पश्चिममा लामो समयदेखि कर्मचारीको अभाव रहेको छ। कार्यालयमा निजामति तर्फका कर्मचारी नहुनु, स्थानीय निकायअन्तर्गतका कर्मचारी पनि जिल्ला विभाजन हु“दा रुकुम पूर्व र पश्चिममा बा“डिएको र ती कर्मचारी पनि स्थानीय तहमा गएपछि कर्मचारी अभाव भएको हो।
कार्यालयमा कर्मचारी नहु“दा संक्रमणकालीन अवस्थामा गर्नुपर्ने विभिन्न काम प्रभावित भएका छन्। कर्मचारी अभावले जिल्लाका विभिन्न विषयगत कार्यालय र संरचना खारेज भएपछि ती कार्यालयका सबै भौतिक सामग्री बुझ्ने तथा स्थानीय तहमा वितरण गर्ने जस्तो महŒवपूर्ण काममा समेत समस्या भएको छ। अहिले कार्यालयमा एक जना लेखापाल मात्र पूर्णकालीन कर्मचारीको रूपमा कार्यरत रहेको जिल्ला समन्वय समितिले जनाएको छ।
जिल्ला समन्वय अधिकारी कार्यरत भए पनि पूरा समय मुसीकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न थालेको एकवर्ष बढी भइसकेको छ। कार्यालयमा यसअघि स्थानीय निकायअन्तर्गत नियुक्ति पाएका कर्मचारीलाई स्थानीय तहमा पठाउने र जिल्ला समन्वय समितिमा संघले कर्मचारी पठाउने बताइएको छ।
उक्त निर्णयपछि स्थानीय निकायअन्तर्गत एक जना इन्जिनियर, एक जना नायब सुब्बा र एक जना कार्यालय सहयोगी जिम्मेवारीविहीनजस्तै बनेको इन्जिनियर पहलबहादुर पुनले बताउनुभयो। केन्द्रको पत्र पाउनासाथ आफूहरू सम्बन्धित स्थानीय तहमा जाने उहा“को भनाइ छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको कर्मचारी संगठन संरचनामा जिससका लागि एक जना उपसचिव स्तरको जिल्ला समन्वय अधिकारी, एक जना शाखा अधिकृत, एक जना इन्जिनियर, एक जना सबइन्जिनियर, एक जना नायब सुब्बा, एक जना लेखापाल, एक जना खरिदार, तीन जना कार्यालय सहयोगी र तीन जना सवारी चालक रहने व्यवस्था गरिएको छ। यसका अलावा जिसस प्रमुखको स्वकीय सचिव प्रयोजनका लागि एक जना नायब सुब्वा सरहको कर्मचारी पनि नियुक्ति गर्न सक्ने व्यवस्था छ।
यति दरबन्दी भए पनि एक जना लेखापालको भरमा कार्यालय सञ्चालन गर्दा नियमित काम समन्वय, सहजीकरण र अनुगमनको काम प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले बताउनुभयो। कर्मचारी समायोजनपछि यो समस्या समाधान हुनेमा आशावादी रहेको भन्दै अनुगमनको प्रभावकारिता बढाउन दक्ष प्राविधिक कर्मचारीको समेत व्यवस्था हुनुपर्नेमा उहा“ले जोड दिनुभयो। यसका साथै ३ जना सवारी चालकको दरबन्दी भए पनि जिससमा एउटा पनि गाडी नभएको जिसस प्रमुख शर्माले बताउनुभयो।
गाडी नहु“दा जिल्लाभित्रका अनुगमनका काम र कार्यालय कामका लागि जिल्लाबाहिर जान समेत समस्या हुने गरेको शर्माको भनाइ छ। यसअघि जिविस हु“दाको पुरानो गाडी अहिलेसम्म मर्मत हुन नसकेको र जिल्ला प्राविधिक कार्यालयको गाडी प्रयोग गर्दै आएकोमा उक्त गाडीसमेत बिग्र“दा समस्या भएको जिससले जनाएको छ।











प्रतिक्रिया