काष्ठमण्डप प्रिक्वार्टरफाइनलमा


काठमाडौं, (नेस)
काष्ठमण्डप र स्वप्नवाटिका चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ‘ए’ साइड छात्र फुटबल प्रतियोगितामा सोमबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन्। चावहिलस्थित गणेशथान फुटबल मैदानमा भइरहेको प्रतियोगितामा काष्ठमण्डपले बाल विकासलाई ३–१ तथा स्वप्नवाटिकाले भक्ति एकेडेमीलाई २–० गोलले पराजित गरे।
त्यस्तै नोब्सले जगत् मन्दिरलाई सडन डेथ, निब्सले नेपाल मोडेललाई २–०, गणेश माविले विन्ध्यावासिनीलाई ३–०, साइपाल एकेडेमीले जीवनज्योतिलाई २–० तथा गोल्डेनपिकले ह्वाइट माउन्टेनलाई २–१ गोलले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरे।