अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल दोस्रो


काठमाडौं, (नेस)
भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ। गत जनवरी २७ तारिखदेखि सोमबारसम्म भएको च्याम्पियनसिपमा १७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी ३४ पदकसहित दोस्रो भएको नेपाली टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिए। उक्त च्याम्पियनसिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण जिते।

समीर डल्लाकोटीले फाइटतर्पm जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए। उनले पुम्सेतर्पm फाइनलको यात्रा तय गरे पनि रजत पदकमै सीमित भए। त्यसै गरी समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए। फाइटिङतर्पm जिप्सन नेपाल, राजेशकुमार तामाङ र इमरान नजिर सेखले स्वर्ण जितेका थिए।