नेपाल समाचारपत्र, महेन्द्रनगर
कञ्चनपुरमा माघ ५ गते सम्पन्न भएको १६औं कार्यकारिणी समितिको निर्वाचनपछि कञ्चनपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार एक कार्यक्रमबीच सपथ ग्रहण तथा पदस्थापन गरिएको छ।
संघको नवनिर्वाचित अध्यक्ष जंगबहादुर मल्ललाई सोमबार निर्वतमान अध्यक्ष सुरेश रावलले सपथ ग्रहण तथा पद हस्तान्तरण गरेका छन्।
अध्यक्ष मल्ललाई सपथ खुवाएपछि आफना नवनिर्वाचित पदाधिकारी वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, उद्योग उपाध्यक्ष हेमराज जोशी, वाणिज्य उपाध्यक्ष मदनराज पन्त, महासचिव बासुदेव जोशी, सचिव गणेश चटौत, कोषाध्यक्ष निर्मला भट्ट सापकोटा, र सदस्यहरू यज्ञराज भट्ट, विवेकराज जोशी, धिरजबहादुर चन्द, चेतराज जोशी कृष्णनन्द भट्ट, कृष्णदेव भट्ट र महेशराज जोशीलगायत संस्था गत सदस्य प्रेमसिंह भाटलाई नवनिर्वाचित अध्यक्ष मल्लले सपथ खुवाएका थिए।
उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष सुरेश रावलले नवनियुक्त पदाधिकारीलाई बधाई दिँदै, सबैले इमान्दारीका साथ काम गर्नुपर्ने र आफ्नो पराई नमानी सबैलाई एक समानाको व्यवहार गरी यस क्षेत्रको उद्योग तथा व्यापारको उन्नतीतर्फ लाग्नुपर्ने बताउनुभयो। पदस्थापन तथा सपथ ग्रहण समारोहमा सभापतित्व अध्यक्ष सुरेश रावलले गर्नु भएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल रहुनु भएको थियो।











प्रतिक्रिया