एनसीसी बैंक र ओम हस्पिटलबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स ९एनसीसी० बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार अब नेपाल क्रेडिट एन्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकmले ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका सेवामा विशेष छुट पाउनेछन्। बैंकका ग्राहकहरmले उक्त छुट, बैंैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।