नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चौबीसै घन्टा नागरिक र राष्ट्र सेवामा खटिएर इमानदार प्रयास गर्ने प्रहरीलाई समुदायको समेत उल्लेख्य सहयोग प्राप्त हुनेगरी संस्थागत प्रणाली विकास गर्न समुदाय–प्रहरी साझेदारी अवधारणा ल्याइएको बताउनुभएको छ।
प्रहरी महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रममा खटिने प्रशिक्षक तथा प्रहरी कर्मचारीलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार निर्देशन दिने क्रममा सो कुरा बताउनुभएको हो।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रममा खटिने प्रहरी कर्मचारी यसको उद्देश्य, अवधारणा र मर्मबारे स्पष्ट हुनुपर्ने उल्लेख गर्दै विगतका सामुदायिक प्रहरीलगायतका कार्यक्रममा थप आयाम समावेश गरी कार्यक्रम ल्याइएको चर्चा गर्नुभयो।
लागूऔषध, घरेलु हिंसा, बाल विवाह, लैंगिक सुरक्षाजस्ता सामाजिक अपराध प्रहरी एक्लैको प्रयासले नियन्त्रण गर्न नसकिने भएकाले यस्ता अपराधबारे नागरिकलाई जानकारी दिन, उनीहरूको भूमिकाबारे सचेत गराउन र उनीहरूमार्फत नै प्रहरीलाई आवश्यक सूचना तथा सहयोग प्राप्त गरी अपराधमुक्त समाज निर्माण गर्न समुदाय–प्रहरी साझेदारी अवधारणाले महŒवपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।
उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पारदर्शिता कायम गर्दा नागरिकबाट उल्लेख सहयोग पाउन सकिने भएकाले नागरिकसँग अन्तरक्रिया, सार्वजनिक सुनुवाइलगायतका कार्यक्रम नियमितरूपमा गर्न समेत प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो। अवधारणाअन्तर्गत १२ वटा प्राथमिकताका विषय राखिएको, यसबारे समुदायमा खटिने प्रहरी कर्मचारी आफू स्पष्ट हुनुपर्ने र समुदायलाई समेत जानकारी दिन सक्ने हुनुपर्ने उहाँले चर्चा गर्नुभयो।











प्रतिक्रिया