स्ववियु निर्वाचनबारे दुई नेताबीच छलफल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसमा यही फागुन १४ गते स्ववियु निर्वाचन गर्न निर्देशन दिए पनि त्रिविका पदाधिकारी सरकारको निर्णयको पर्खाइमा रहेका छन्। आइतबार साँझ प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटमा स्ववियु निर्वाचनको विषयमा भएको निर्णयबारे त्रिविलाई कुनै जानकारी छैन।

 त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाले कुलपतिले चुवान गर्नु भन्ने कुनै पनि निर्देशन नदिएको बताउनुभयो। ‘हामीसँग छलफल भएपछि कुलपतिले र नेपाली कांग्रेसका सभापतिसँग भेट गरी तोकिएकै मितिमा निर्वाचन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय दिउmँला भन्न्ुभएको थियो, तर हालसम्म कुनै निर्णय आएको छैन। हामी त कुलपतिज्यूको निर्णयको प्रतिक्षामा छौं, के भन्नु हुन्छ त्यही गरौंला’ –उपकुलपति प्राडा खनियाले भन्नुभयो।