करेन्ट लागेर मृत्यु भएका परिवारलाई पाँच लाख दिइने 

0
Shares

काठमाडौं, (नेस)
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही ५ लाख दिने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाइतेको उपचार खर्चसमेत सरकारले बेहोर्ने जानकारी दिनुभयो।

धनुषाको सबैला नगरपालिका–४ कोठिया बल्टीयामा  विवाहका लागि जन्ती गएको बस फर्किने क्रममा करेन्ट प्रवाह भई आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो। मन्त्री पुनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने बताउनुभयो।
करेन्ट लागेर गत शुक्रबार २१ जना घाइते भएका थिए। १९ जना घाइते अस्पतालबाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन् भने् २ जना हाल अस्पतालमै उपचाररत छन्।