रक्तकाली मन्दिरको शुभारम्भमा कलाकारको नाचगान

0
Shares

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कमदवास भिरकुना संगीत र नृत्यले घन्किएको छ। भिरकुनास्थित रक्तकाली मन्दिरको शुभारम्भ सांस्कृतिक कार्यक्रमसहित गरिएको हो।

हजारौं दर्शकको उपस्थिति रहेको कार्यक्रममा गायकगायिकाहरू राजु परियार, रामचन्द्र काफ्ले, दुर्गा गुरुङ, रेशम गुरुङ, आँशु लामा, अर्जुन खड्का, कमल किरण, डोल्मा लामिछाने मगर, कल्पना गुरुङ र अनुजा पुडासैनीले गीतसंगीत प्रस्तुत गरेर दर्शक उफारेका थिए। त्यसै गरी गोपाल थापा, प्रेमबहादुर घलान, डोल्मा लामिछाने मगर र शोभा थापा मगरले नृत्य प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए।

रक्तकाली मन्दिर गुठीहार समितिका अक्ष्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा सम्पन्न तथा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमनसिंह तामाङ र नेकपा केन्द्रीय सदस्य माधव सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका वडाध्यक्ष विष्णु लामा विशेष अतिथि रहेका थिए। कार्यक्रममा मेयर तामाङले मन्दिरको कम्पाउन्ड वरिपरि पर्खाल र मन्दिर जाने बाटो निर्माण गरिने बताए।

मन्दिरको संरक्षक निर्भाना कला केन्द्रका अध्यक्ष रमेश श्रेष्ठ रहेका छन्। घनश्याम खतिवडाद्वारा सञ्चालित कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ को नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष्ँ बलराम गिरी, वरिष्ठ सल्लाहकार धनबहादुर श्रेष्ठ, नेकपा सिन्धु काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष राजेश गिरी, भूपू नेकपा गाउँ कमिटीका सचिव खड्गबहादुर श्रेष्ठ, नेकपा जिल्ला सचिव गोविन्द पराजुली र हेलम्बुकी समाजसेवी पार्वती भण्डारीको आतिथ्यतामा सम्पन्न भएको थियो।