चौथोपटक आमा बन्दै किम

0
Shares

हलिउडकी बोल्ड नायिका किम कार्डसियन चौथोपटक आमा बन्दै छिन्। पहिले नै ३ सन्तानकी आमा बनिसकेकी किम सेरोगेसीको माध्यमबाट आमा बन्न लागेकी हुन्।

यूएसएको एक म्यागेजिनले जनाएअनुसार उनको तेस्रो बच्चा पनि सेरोगेसीको माध्यमबाट भएको थियो। भनिन्छ कि ३८ वर्षीया किम धेरै बच्चा चाहन्छिन्। आफ्नो ठूलो परिवारको चाहना राख्ने उनी घरमा बच्चा खेलाउन मन पराउँछिन्।

अमेरिकन मोडल तथा अभिनेत्रीसमेत रहेकी उनी आफ्नो कपडा लगाउने शैलीका कारण चर्चामा रहने गर्छिन्। यस कारण धेरै अभिनेत्रीहरू उनको शैली पछ्याउने गर्छन्। सधैं हट एन्ड बोल्ड फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर मिडियामा छाइरहने उनले फेशन डिजाइनर कान्या वेस्टसँग सन् २०१४ मा विवाह गरेकी थिइन्। त्यसभन्दा पहिले उनले २ पटक विवाह गरिसकेकी थिइन्।