सडक निर्माणमा सहयोग गर्न आग्रह

0
Shares

दयाराम पण्डित, बाजुरा
बाजुुराको सदरमुकाम मार्तडी बजारको सडक निर्माण कार्यमा सहयोग गर्न संघीय सांसद लालबहादुर थापालाई बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले अनुरोध गर्नुभएको छ। उँहाले सोमबार बडिमालिका नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी उक्त अभिव्यक्ति दिनुभएको हो।

सदरमुकाम मार्तडीको मुहार फेर्न भनी चलाएको अभियानमध्ये सडक विस्तार पनि एक हो। यसलाई विस्तार नगरी सवारीसाधन आवतजावतमा अफ्ठेरो हुने र खुलामञ्चदेखि गौडाडिलसम्मको ढल निकास व्यवस्थित नगरे बजारबासीलाई निकै अफ्ठेरो हुने भएकाले व्यवस्थित ढल र सडक बनाउनु नगरको काम भएको उँहाले ठम्याउँदै भन्नुभयो– ‘सडक विस्तार गर्नुपर्ने इलाकाभित्रका घरजग्गा धनीलाई नगरपालिकामा बोलाई सबैको सहमतिमा सडक बिस्तार भइरहेकाले सांसद थापाको दाइ बलबहादुर थापाको नाममा रहेको घरजग्गा नजिकै सडकलाई चाहिने ११ वर्गमिटर जग्गा उपलब्ध नगराउँदा सडक विस्तारमा अफ्ठेरा भएको हो।’

यसै गरी सडक निर्माण कार्यमा जो जनप्रतिनिधि भए पनि विकासको बाधक नबन्न आग्रह गर्दै यदि आफ्नो घरअगाडि सडक आउँछ भने आफू पनि आफ्नो घर भत्काउन तत्पर भएको नगर उपप्रमुख कविता विष्टले भन्नुभयो। १ सय ८४ मिटर लम्बाइ, ६ मिटर चौडाइ सडकको प्रायः सबै क्षेत्रमा सहमति भएको र बलबहादुर थापाले ११ वर्गमिटर जग्गा दिएपछि पूर्णरूपमा सडक निर्माण गर्न सहज हुने कुरा बडिमालिका नगरपालिकका इन्जिनियर महेन्द्र विष्टले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ।

सांसद थापा सडक विस्तार गर्नुपर्ने बीचका घरजग्गा धनी हुन् या होइनन्् भन्ने प्रश्नमा जवाफ दिँदै मेयर बडुवालले भन्नुभयो– ‘हुन नि, किन नहुनु रु सहोदर दाइ बलबहादुर थापाको नाममा छ घरजग्गा। उक्त घरमा माननीय बस्छन्। माननीयले सडक विस्तारमा सहयोग गर्नुको साटो उल्टै कर्मचारीलाई हप्काउने, थर्काउने, काममा बाधा गर्ने मान्छे विकासविरोधी नभई अरु के हुन् रु यदि उनको घर नभए फोन गरी कर्मचारीलाई किन थकाइरहेका छन् रु घरमा बस्दैमा घरजग्गा धनी मानिन्छ त रु यसरी कसरी हुन्छ रु’ अर्को प्रश्नमा थप्दै उहाँले भन्नुभयो– ‘उहाँ जिल्लाको माननीय हो। एक घर, व्यक्ति समूह विशेषको होइन नि। समग्र बाजुरेलीको विकासका कुरामा किन तगारो बनेको रु उल्टै नगरको विकासमा सहर्ष वातावरण गर्नुपर्नेमा उल्टै नगरलाई अपमान गर्नु भयो। लिखित चिठी काटियो, बारम्बार बोलाइयो तर आउनुभएन माननीयज्यू। जग्गा छोड्ने कुरै गरेनन् । उहाँका जग्गाधनी दाइलाई बोलाइयो। अहँ⁄ टेरेनन्। जग्गा पनि छोडेनन्। मुआब्जा लिने नलिने कुरै भएन।’

यसबीचमा प्रतिनिधिसभाका सदस्य लालबहादुर थापालाई टेलिफोन गरी तपाईं विकासविरोधी माननीय हो भनी सोद्धा उहाँले कुनै प्रतिक्रिया दिनुभएन।

तर, सडक निर्माण गौडाडिलदेखि खुलामञ्चसम्म तथा जिल्ला वन कार्यालयदेखि जिल्ला अस्पतालसम्म सडक र ढल निर्माण कार्य तीव्र पारिएको छ। सडकको मापदण्डअनुसार सामान्य तहबाट हेर्दा न्यूनतम ६ मिटर चौडा सडक चाहिन्छ। तलमाथिबाट काम शुरू भए तापनि माननीयले जग्गा नछोड्दा निकै अफ्ठेरो भएको नगरपालिकाले पत्रकार सम्मेलनमा प्रष्ट्याएको छ।