हेलम्बुमा डाँडापारि गाउँकी सोल्टिनी

0
Shares

गायक आँशु लामाको नयाँ गीत डाँडापारी गाउँकी सोल्टिनी बोलको गीतमाथि म्युजिक भिडियो निर्माण गरिएको छ।
हेलम्बुस्थित चालिसे ओढारमा छायांकन गरिएको यस भिडियोमा त्यहाँका मनोरम दृश्यसहित चिउरेखर्कको १ सय २४ मिटरमा रहेको झोलुङे पुलमा पनि छायांकन गरिएको छ।

गीतमा गायक भन्छन् ‘डाँडापारि गाउँकी सोल्टिनी कान्छीलाई धेरै धेरै माया र सम्झना छ रे भन्दिनु है। गीतको भिडियोमा मोडलद्वय अर्जुन खड्का र पार्वती भण्डारीले अभिनय गरेका छन् भने निर्देशन गोपाल थापाले गरेका छन्। शक्तिप्रज्वल घिमिरेले छायांकन तथा विष्णुहरि तिमल्सिनाले सम्पादन गरेको भिडियो निर्भाना कला केन्द्रले निर्माण गरेको हो।