नेपाल समाचारपत्र, काठमाडौँ ।
नियन्त्रित लागू औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा– ११ का ३८ वर्षीय लोक विक्रम साह र पर्सा ठोरी– २ का २८ वर्षीय जय नारायण खवास रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका साहबाट ५ ग्राम खैरो हेरोईन, बुप्रेनोर्फिन(४९ एम्पुल, डाईजेपाम(४९ एम्पुल, फेनारगन(४९ एम्पुल, नाईट्रोजेपाम(६०० ट्याब्लेट बरामद गरेको छ ।
उनलाई शुक्रबार काठमाडौँ स्वर्णगेटबाट पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले अर्का पक्राउ परेका खवासबाट बुप्रेनोर्फिन(५४ एम्पुल, डाईजेपाम(५४ एम्पुल, फेनारगन(५४ एम्पुल बरामद गरेको छ ।
उनलाई शनिबार कंलकीबाट पक्राउ गरिएको हो ।
उनीहरुलाई थप अनुसन्धान गरि कारवाही भईरहेको छ ।











प्रतिक्रिया