अनुगमन समितिको नजर कुकुरलाई दिइने खोप र खाद्य वस्तुमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
महानगरको अनुगमन समितिले सोमबार, बागबजार क्षेत्रका कुकुरलाई दिइने रेविज विरुद्धको खोप र स्थानीय बजारमा बेचिने खाद्यबस्तुको अनुगमन गरेको छ । त्यस क्रममा कुकुर पक्रिने, तिनलाई खोप दिने र खोप लगाइएका कुकुरको पहिचान गर्ने विधि हेरिएको थियो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, २८ का वडाध्यक्ष भाइराम खड्गी, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारी, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो । अनगुमनमा क्रममा उपप्रमुख श्रेष्ठ खड्गीले — नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने तथा प्रभाव राख्ने क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन कार्य भइरहेको जानकारी दिनुभयो । हामी निर्वाचित भएर आएको पनि यतिका समय भइसक्यो । नागरिकलाई महसुस गराउने काम गर्न प¥यो नि, उहाँले थप्दै भन्नुभयो — सडकमा भएका कुकरले टोकेर सहरबासीले त्रसित हुन नपरोस् भन्ने हाम्रो चाहना हो । त्यसैले रेविज विरुद्धको खोप दिने क्रमलाई निरन्तरता दिएका छौं ।

कुकरलाई खोप दिने काम मनुमित्र कार्यक्रमले गरिरहेको छ । यो कार्यक्रम ह्युमन सोसाइटी इन्टरनेशनल, द जान गुडल इन्स्टिच्युट र महानगरको संयुक्त कार्यक्रम हो । महानगरमा यो कार्यक्रम २०७२ साल चैत ३ गतेदेखि सञ्चालनमा छ । पछिल्लो समय गएको ४ दिन अघिदेखि सामुदायिक कुकुरलाई खोप दिन थालिएको हो । यसक्रममा पहिलो दिन वडा १ मा ५३ वटा कुकरलाई खोप दिइयो भने दोश्रो दिन सोही वडामा ४३ वटालाई, तेश्रो दिन वडा २८ मा २५ वटालाई रेविज विरुद्धको खोप दिइयो । चौथो दिन अर्थात् आज पनि वडा २८ मा खोपको कार्यक्रम चरिरहेको छ । यसको विवरण आउन बाँकी छ । यस कार्यक्रममा सहरका कुकुर गणना गर्ने खोप लगाउने तथा बन्ध्याकरण गरिन्छ ।

अनुगमनका क्रममा दुग्ध पदार्थजन्य खाद्यबस्तुको बिक्री, भण्डारण, गुणस्तरलगायतका गतिविधि पनि हेरिएको थियो ।