कञ्चनपुरमा चिर्पट प्रहार गरि एक युवकको हत्या

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरमा चिर्पटले हानेर एक युवकको हत्या गरिएको छ । महाकाली नगरपालिका– २ मा आईतबार राति २२ वर्षीय हरजितसिंह धामीको दाउराको चिर्पट प्रहार गरेर हत्या भएको हो ।

स्थानीय महेन्द्रसिंह बोहोराले धामीको टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । स्थानीय कालुसिंह बोहोराको घरमा विवाहको नाँचगान चलिरहेको अवस्थामा सो घटना भएको थियो ।

चिर्पट प्रहारपछि घाईते भएका धामीलाई उपचारका लागि भारतको खटिमा पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए ।
घटनाका बारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।