रणवीरको प्रेमगीत सार्वजनिक

0
Shares

आगामी शुक्रबार रिलिज हुने फिल्म रणवीरमा समावेश गीत मायामा कसरी अल्झीं मको भिडियो आइतबार रिलिज गरिएको छ। पोखरा र धम्पुसमा छायांकन गरिएको यो गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो।

भिडियोमा यसका नायक नायिका सुशील सिटौला र शुभेच्क्षा खड्काको प्रेम देखाइएको छ। गीतको दृष्यले रणवीरका मुख्य पात्र रणवीर र उनकी प्रेमिका प्रियाबीचको प्रेमसम्बन्ध झल्काएको छ। मायामा कसरी अल्झीं म गीतलाई हर्कुलस बस्नेत र प्रविशा अधिकारीले गाएका छन् भने गीतमा शब्द र संगीत पनि हर्कुलसकै छ। भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्।

फिल्ममा राजनराज शिवाकोटी र हर्कुलस बस्नेतको संगीत, गम्भीर विष्ट, सुरेन्द्र बसेल र रामजी लामिछानेको नृत्य निर्देशन, महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ।

गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीद्वारा निर्मित द्वन्द्वप्रधान प्रेमकथामा आधारित फिल्ममा सुशील र शुभेच्क्षाका साथमा प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, रिहर शर्मा, भोलाराज सापकोटा, टीका पहारी, हनरेश पौडेल, सैलेश्वरी सिंह, जीवन भट्टराई, जगदीश रिजाल, वसन्ती भट्टलगायतले अभिनय गरेका छन्।