एजे क्र्युलाई कभर भिडियोको पुरस्कार

0
Shares

गायिका टीका प्रसाईंले चर्चित गीत माया लुकीलुकीको प्रबद्र्धनका लागि आयोजना गरेको कभर डान्स भिडियो प्रतियोगितामा झापाको एजे क्र्यु उत्कृष्ट भएको छ। प्रतियोगितामा सहभागी २० प्रतिष्पर्धीलाई पछि पार्दै क्र्युले ५० हजार रुपियाँ पुरस्कार जितेको छ।

गायिका प्रसाईंको आयोजना तथा ओसेनिया एजुकेसन सोलुसनको प्रस्तुतिमा राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ६ सदस्यीय एजे क्र्युलाई गायिका प्रसाईंले नगदसहित पुरस्कृत गरिन्।

‘प्रतियोगितामा सहभागिताका लागि धेरै भिडियो आएका थिए। तर हामीले बनाएको नियम र दायरामा रहेर निर्णायकले २१ वटा भिडियो छनोट गरेको थियो’, टीकाले भनिन्– ‘यसपटक पनि अघिल्लोपटक जस्तै उत्साहजनक सहभागिता पायौं।’ कार्यक्रममा गीतका गीतकार आनन्द अधिकारी, संगीतकार आशिष अबिरल, ओसेनियाकी प्रतिनिधि शिला श्रेष्ठ र निर्णायक महेश गोदारलाई सम्मानपत्र प्रदान गरिएको थियो। सो अवसरमा साढे ४ करोडभन्दा बढीपटक गीत हेरिएको खुसीयालीमा केक पनि काटिएको थियो।