नेपाल समाचारपत्र, काठमाडौं ।
धुर्मुस–सुन्तली फाउन्डेसनद्धारा २० विगाहा ६ कठ्ठा जग्गामा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा माघ १६ गते हुने भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भनि नामाकरण गरिएको रंगशाला भरतपुर महानगरपालिका–१५ मा बन्न लागेको हो ।
उक्त रंगशालाको लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।
राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको औपचारिक घोषणा हुने भएको छ ।
उक्त कार्यक्रममा महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।











प्रतिक्रिया