विमल विष्ट, डोटी ।
पाँचसय र दुई हजारका भारतीय नोट डोटी जिल्लामा कसैले पनि नसाट्ने भएपछि पछिल्लो समय भारतीय रुँपिया साट्न यहाँका स्थानियहरु छिमेकी जिल्ला कैलाली तथा भारतका विभिन्न शहर जान थालेका छन् । भारतबाट कमाएर ल्याएका भारतीय दुई हजार तथा पाँच सयका नोटहरु डोटी लगायत यहाँका पहाडी जिल्लामा नसाटिन थालेपछि उनीहरुले भारतमै गएर साट्ने योजना बनायर जानथालेको डोटीको केआई सिंह गाउँपालिका ५ रानागाउँका स्थानिय सुरेन्द्रबिक्रम शाहीले बताउनु भयो ।
उहाँले भन्नु भयो, “डोटी लगायत अन्य पहाडी जिल्लाहरुमा नेपाली नोट भन्दा पनि बढी जसो भारतिय रुपियाको कारोबार हुन्छ तर अहिले नसाटिने भएपछि घरैमा राख्नु भन्दा साटौ भनेर यहाँका स्थानियहरु पैसा बोकेर जान थालेका छन् ।”
गाउघरमा समेत भारतीय रुपिया नसाटिने तथा साट्नै परेपनि भारु दुई हजारको नेपाली दुईहजारमा नै दिने केही व्यापारीले भन्ने गरेकाले आफूहरु पैसा साट्नकै लागि भारत जानु परेको भारतिय रुपिया साटन् जानेहरु बताउछन् । स्थानियबासीका अनुसार डोटी बाट मात्रै लाखौ भारतिय रुपिया साट्न स्थानियहरु भारत जानथालेका छन् ।
भारतीय रुँपिया सट्न जादा सिमामा रहेका भारतीय शुरक्षाकर्मीले जिल्ला प्रशासन, गाउँपालिका तथा स्थानिय प्रशासन लगायतका अन्य बिभिन्न कार्यालयका प्रमाण खोजेर दुःख दिन थालेपछि यहाँका स्थानियहरु आफुले कमाएको पैसाको श्रोत तथा गाउँपालिकाको सफिारिस बोकेर भारत जान थालेको जोरायल गाउँपालिका ५ गड्सेराका खेम पातलीले बताउनु भयो ।
यतिमात्र नभई यहाँका स्थानिय ब्यापारीहरु पनि भारतिय रुपिया साट्न भारत जानथालेको बताईएको छ । उता डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भारतमा भारु साट्न जादैछु भनेर कसैपनि सिफारीसका लागि जिल्ला प्रशासन कार्यालयमा निबेदन नदिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “पैसा साट्न जादैछु भनेर सिफरीस कसैले मागेको छैन,सहयोगका लागि निबेदन आएमा सक्दो र नियम संगत गरेर पठाउछौ ।”











प्रतिक्रिया