नेपालमा दलालहरु मूख्य चार क्षेत्रमा भएको नेता शर्माको आरोप

0
Shares

अनिल खत्री, गुल्मी ।
नेपाल कम्युष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सन्देश पौडेलले आउँदो फाल्गुण १ गते बुटवलमा २० हजार को उपस्थितिमा जनयुद्द दिवस उल्लासमय बनाउने बताए । आईतबार जन पत्रकार सङ्गठन जिल्ला शाखा गूल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलन तथा भेट्घाट कार्यक्रममा बोल्दै नेता शर्माले शिर्ष तीन नेतालाई दलाल को आरोप लगाएका छन् ।

नेता शर्माले नेपालमा दलालहरु मूख्य चार क्षेत्रमा रहेको बताए । उनले राजनितिक क्षेत्र, कर्मचारी क्षेत्र , व्यवसायी क्षेत्र, सामाजिक क्षेत्र एन्जीओ आइएनजीओ क्षेत्रमा दलालहरु रहेको बताए ।

वर्तमान दलाल संसदिय पूँजि वादको व्यवस्थालाई अन्त्य गरि एकिकृत जनक्रान्ती को माध्यमबाट वैज्ञानिक समाजवादको स्थापना गर्न आफुहरुको चाहना रहेको नेता शर्माले बताए ।

सिमित केहि दलाल पुजिवाद बाहेक सम्पुर्ण देश भक्त जनशक्तिलाई गोल बद्द गरि एकिकृत जनक्रान्ती गर्न कुरा स्पष्ट पारे । धोका नदिने र नहार्न गरि जनक्रान्ती गर्न आफ्नो पार्टि को पहिलो प्रतिबद्धता रहेको बताए ।

उनले जनयुद्द को दिन कतै आक्रमण हुन्छ कि भन्ने पत्रकार को प्रश्नमा नेता शर्माले कतै पनि आक्रमण नगर्ने बताए । उनले एनसियलले तिर्नू पर्न कर नतिरेर बाठो बन्न खोजे अझै ध्वस्त हुने गरि हान्ने चेतावनी दिए ।

नेपालमा शान्ती नआएको र चारै तिर हत्या र हिंसा मात्र बढेको सत्ताधारी कै जनप्रतिनिधी समेत हराउदा पनि भेटिनि स्थिति नरहेको बताए कार्यक्रममा गूल्मी जिल्ला इनचार्ज पुर्ण सिंहले पाटिको जिल्लामा भएका गतिविधि बारे मा जानकारि गराएका थिए । भने जिल्ला सेक्ररेटरि खिम खड्का ले पाटिको केन्द्रिय प्रचा पढेर सुनाएका थिए ।