कृष्णउदास खनाल, वीरगन्ज ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
सेनाको हेलिकप्टरमार्फत उहाँलाई आइतबार दिउँसो काठमाण्डौको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल लगिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
यसअघि उहाँको बीरगन्जमा उपचार भइरहेको थियो । उहाँको टाउकोमा गहिरो चोट लागेकाले थप उपचारका लागि काठमाण्डौ लागिएको हो ।
बनभोजबाट फर्किने क्रममा शनिबार जीप दुर्घटना हुँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको ज्यान गएको थियो भने प्रमुख जिल्ला अधिकारी भट्टराईसहित चारजना घाइते भएका थिए । अरु घाइतेको वीरगन्जकै हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया