विमल बिष्ट, डोटी ।
हिमपातका कारण अवरुद्ध भएको मिभदत्तराजमार्ग खुला गरिएको छ । लगातारको सुदूरपश्चिमका यहाँका सात पहाडी जिल्लाको यातायात ठप्प भएको थियो । दुई वटा डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाईएपछि आईतवार बिहान देखी यातायात सञ्चालन गरिएको छ ।
हिमपातलेका कारण अल्पत्रमा परेका सवारी साधन आ आफनो गन्तव्यतिर लागिरहेका छन् । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला,अछाम,बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भिमदत्त राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् ।
डडेल्धुरा जिल्ला अन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।
राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजर मगाई आईतवार बिहानदेखि करीब ६ घण्टा लगाएर बाटो खुलाइएपछि यातायात सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।











प्रतिक्रिया