जनतालाई राहत दिन गाउँपालिकाको बस सेवा शुुरु

0
Shares

विमलबहादुर विष्ट, डोटी ।
यहाँको पुर्बिचौकी गाउँपालिकाले चौखुट्टे सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टे देखी जिल्ला सदरमुकाम सिलगढी सम्मका लागि दुई वटा बस सञ्चालन गरिएको छ । बस सेवा सुचारु भएपछी पुर्बिचौकीका जनतालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयाे, “सदरमुकाम सँग जोडिएको गाउँपालिका भएपनी जनातालाई आवत जावतका लागि अत्यन्त समस्या भएको थियो अब त्यो सहज हनेछ ।” अछामको सिमाना चौखुट्टे देखी सिलगढी सम्म बिहान दिउँसाृे र बेलुका गरेर बस सेवा सुचारु हुने प्रशासकिय अधिकृत बिनोद सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यस क्षेत्रका दिदीबहिनीले बाटोमा कुर्दै बस्नु पर्ने छैन, त्यो बाध्यता अन्त्य हुने छ ।”

गाउँपालिकाले बस सेवा सुचारु गरेपछी पुर्बिचौकीका नागरिक पनि खुसि भएका छन् । उक्त गाउँपालिकाले एक्जाभेटर सेवा पनि सुरु गरेको छ । गाउँपालिका भित्र सडक बिस्तार मर्मत तथा सुधार गर्नका लागि आफ्नै जोडर पनि ल्याएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँदले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो । डोटीका दुई नगरपालिका यस अघी नै नगर बस सञ्चालन भएको भएपनी गाउँपालिका भने पुर्बिचौकी पहिलो रहेको छ । ३५ जना सिट क्षमताका दुई वटा बस ८१ लाख ७६ हजार र एक एक्जाभेटर १ करोड २३ लाख ४ सय ५० को लागत खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
३० प्रतिशत सस्तो भाडा
पुर्बिचौकी गाउँपालिकाले सार्बजनिक यातायात भन्दा ३० प्रतिशत भाडादर निर्धारण गरेको गाउँपालिकाले जानकारी दिएको छ । मुनाफा भन्दा पनि सेवाभाबका हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनुभयो । जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पुर्बिचौकी गाउँपालिकाले आफ्नै बस सेवा सञ्चालन गरेका छन् । डडेल्धुराको सिमाना कोरालखोला देखी अछामको चौखुट्टेसम्म स्थानीय सरकारका बस सञ्चालन भएका छन् ।

चौखुट्टे देखी सिलगढी सम्मको सार्बजनिक यातायातमा १ सय ५० रुपैँया भाडा दिने गरेको भएपनि गाउँपालिकाले १ सय १० रुपैँया मात्र कायम गरिएको प्रमुख प्रशासकिय अधिकृत बिनोद सापकोटाले जानकारी दिनुभयो ।