प्रताप र भावनाले ल्याए मूलको पानी

0
Shares

नेपाल आइडलबाट चर्चामा आएका गायक प्रतापदास र गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत मूलको पानीको भिडियो सार्वजनिक भएको छ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा अभिनेता पल शाहले अभिनय गरेका छन्। म्युजिक भिडियोमा पललाई निशा पुरीले साथ दिएकी छन्। यसअघि बग्ने खोला बगिगो गीतमार्फत आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भावनाको यो लोक भाकाको अर्को गीतमा नायक पल शाहले विवाहको कुरा गरेका छन्। देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयं निर्देशकले नै गरेका छन्।

भावनाको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया पाएकी गायिका यो गीतलाई लिएर निक्कै उत्साहित छिन्।