मिलनको मन रेशम

0
Shares

हरेके विधाको गीतमा अब्बल ठहरिएकी लोकप्रिय गायिका मिलन नेवारले जन्मदिनको अवसर पारेर आफ्नो गीति एल्बम र म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। मिलनले शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच चौथो एकल एल्बम मिलन यात्रा सार्वजनिक गरेकी हुन्।

उनले जन्मदिनकै अवसर पारेर पाँचांै एल्बम मिलन–२ मा समावेश मन रेशम बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेकी छन्। एल्बम गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेका थिए। मिलनले जन्मदिनको अवसर पारेर केही नयाँ काम गर्ने प्रणसमेत गरिन्। आफूलाई जन्मदिन आमा–बाबुको उपस्थितिमा मिलन यात्रा र भिडियो सार्वजनिक गर्दै मिलनले सामाजिक सेवामा पनि सक्रिय हुने बताइन्। त्यसका लागि उनले मिलन च्यारिटी फाउन्डेसन स्थापनाको घोषणा गरेकी छन्। गीत–संगीत र सामाजिक सेवामा एकैसाथ सक्रिय हुने प्रण गर्दै उनले अबका दिनमा पुन मिलन नेवारकै रूपमा अगाडि बढ्ने बताइन्।

सार्वजनिक मन रेशम गीतमा मिलनसँगै चर्चित गायक कमल खत्रीको स्वर रहेको छ। मिलनकै शब्दरचना रहेको उक्त गीतमा कमलको संगीत रहेको छ। राजेश पुमा राईले निर्देशन गरेको यसको भिडियोमा मिलन र कमलले अभिनय गरेका छन्। रोमान्टिक प्रेमभावको मन रेशमको भिडियोमा गायिका मिलन र गायक कमलको जोडी खुलेको छ। १३ वर्षकै उमेरदेखि गायनमा लागेर चर्चा कमाएकी मिलन पछिल्लो समय मोडलिङ र गीति लेखनमा समेत सक्रिय भएकी छिन्।