तिमति र अनुषालाई स्वर्ण


काठमाडौं, (नेस)
तिमति गुरुङ र अनुषा श्रेष्ठले प्रथम जेबि सडक दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । महर्षिका तिमति ब्वाइज तथा लक्ष्मीपुरकी महर्षि गल्र्समा पहिलो बने ।

जेबि स्कुलद्वारा आयोजित दौडको ब्वाइजमा ज्ञानचक्छुका भरत राई दोश्रो तथा लक्ष्मीपुरका सुनील श्रेष्ठ तेश्रो भए । गल्र्समा लक्ष्मीपुरकी अन्शिका श्रेष्ठ दोश्रो तथा लक्ष्मीपुरकै आकांक्षा राई तेश्रो स्थानमा रहे । ब्वाइज र गल्र्स दुवैको प्रतिस्पर्धा ४ किलोमिटर दूरीमा भएको थियो ।