ब्याटिङ र बलिङ जम्दा नेपाल विजयी


नेपाल समाचारपत्र, काठमाडौं
नेपालले ब्याटिङ र बलिङमा जमेर प्रदर्शन गरेपछि घरेलु टोली यूएईलाई दोस्रो खेलमा १ सय ४५ रनले माथ खुवाएको छ ।

यो जितसँगै यूएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले १–१ बराबरी समेत ग¥योे । नेपालले फराकिलो अन्तरले हराएर यूएईसँग पहिलो खेलमा ३ विकेटले हारेको बदला समेत लियो । नेपालले पहिले ब्याटिङ गरेर २ सय ४३ रनको लक्ष्य दिएको थियो । जसको जवाफमा यूएई १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमै प्याकअप भयो ।

यूएईलाई उसैको भुमिमा हराउन नेपालका चर्चित दुई बलर सोमपाल कामी र सन्दीप लामिछाने नै पर्याप्त भएका थिए । सोमपालले ३३ रन खर्चेर ५ विकेट उठाए भने सन्दीपले २४ रन दिएर ४ विकेट हात पारेका थिए । सोमपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बनेका छन् । त्यस्तै सन्दीपले एकै ओभरमा ३ विकेट हात पारेका थिए । जबकी उनी ह्याट्रिक गर्न चुकेका थिए ।

सोमपालले शुरुका ४ विकेट लिएर यूएईको ब्याटिङ नै ध्वस्त बनाइदिएका थिए । जतिबेला यूएई २९÷४ को दयनीय स्थितिमा पुगेको थियो । यहाँबाट नै नेपाललाई जित्ने महसुस भइसकेको थियो । म्यान अफ द म्याच उनले पहिलो ओभरको अन्तिम बलमा ओपनर चिराग सुरीलाई शून्यमै आउट गरे ।

यसपछि तेस्रो ओभरको पाँचौ बलमा गुलाम शब्बीरलाई २ रनमा आरिफ शेखद्वारा क्याच आउट गराए । पाँचौं ओभरको अन्तिम बलमा शाइमन अनवरलाई शून्यमा एलबीडब्ल्यूको धरापमा पारे उनले सातौं ओभरको पहिलो बलमा अस्फाक अहमदको विकेट हासिल गरे । अहमदले २० रन जोडेका थिए ।


यसपछि पाँचौ विकेटका लागि मोहम्मद उस्मान र रिजवानबीच राम्रो साझेदारी भइरहेको थियो । तर सन्दीपले १५औं ओभरमा तीन विकेट हासिल गरेर उनीहरुको २८ रनको साझेदारी तोडे । उनले दोस्रो बलमा रिजवानलाई व्यक्तिगत १६ रनमा, तेस्रो बलमा फाहद नवाजलाई शून्यमा आउट गर्दै ह्याट्रिक गर्न नजिक पुगेका थिए । तर चौथो बल डट भयो र अन्तिम बलमा हामिर हायातलाई शून्यमा आउट गर्दै यू्एईलाई ५७÷७ मा राख्दै निकै कमजोर स्थितिमा पु¥याइदिएका थिए ।

सन्दीपको एक ओभर घातक बनेपछि नेपालले फराकिलो जित हात पार्न संकेत देखायो । बाँकी तीन विकेट पनि छिटै नै पवेलियन फर्केका थिए । यूएईका कप्तान मोहम्मद नाभिद १८औं ओभरमा रनआउट भएका थिए । नाभिदले २ छक्काको सहयोगमा १९ रन जोडेका थिए । उस्मान सन्दीपको सिकार हुन अगाडि २६ रनको योगदान दिए । सोमपालले अन्तिम विकेटको रुपमा जहूर खानलाई आउट गर्दै पाँचौ विकेट हासिल गरेका थिए ।

रोहितले अफ्रिदीको कीर्तिमान तोडे
यसअघि ब्याटिङमा नेपाली ओपनरले सानदार प्रदर्शन गर्दा निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतिमा २ सय ४२ रन बनाएको थियो । ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको करियरमा दोस्रो अर्धसतक बनाउन ६ रनले पछि परेका थिए । पहिलो खेलमा शून्यमा आउट भएका ज्ञानेन्द्रले ४ चौकासहित ४४ रन जोडेका थिए । यस्तै विनोद भण्डारीले २ चौकाको सहयोगमा २१ रन जोडेका थिए । यी दुईले १५.३ ओभरमा ओपनिङमा ६१ रनसम्म पु¥याएका थिए । यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो शुरुवात हो ।

तर ब्याटिङमा सानदार प्रदर्शन युवा खेलाडी रोहित कुमार पौडेलले देखाए । उनले ५८ बलमा ७ चौका प्रहार गर्दै ५५ रन जोडेका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धसतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । उनले पाकिस्तानका अलराउन्डर सहिद अफ्रिदीको करिब २३ वर्षसम्म चलेको कीर्तिमान भंग गरेका छन् । रोहितले अर्धसतक प्रहार गर्दा उनको उमेर १६ बर्ष १ सय ४६ दिन रहेको छ । जसअनुसारले उनले ७१ दिनले अफ्रिदीसँग कीर्तिमान खोसेका हुन् । यस्तै रोहितले आरिफ शेखसँग छैटो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अन्यको प्रदर्शन
कप्तान पारस खड्काले २१ रन, आरिफ शेखले २९ रन र करण केसीले १८ रन जोडेका थिए । नेपालको तर्फबाट २ छक्का प्रहार भएकोमा दुबै करणले प्रहार गरेका थिए । यस्तै सन्दीपले १४ रन बनाएका थिए ।

यो खेलमा पनि दीपेन्द्रसिंह ऐरीले निरास तुल्याए । उनले पहिलो खेलमा खाता खोल्न सकेनन् भने दोस्रो खेलमा १० रनमै पवेलियन फर्केका थिए । अन्यमा पवन शराफले ८ रन, ललित नारायण राजवंशीले ३ रन र सोमपालले २ रनको योगदान दिए ।