आर्मीलाई पराजित गर्दै थ्रीस्टार च्याम्पियन


गोकुल घोरसाइने, बारा
साविक बिजेता त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै रुस्लान थ्रिस्टार क्लबले रुस्लान १०औं सिमरा गोल्डकपको उपाधी उचालेको छ ।

सिमरा रंगशालामा शनिवार भएको रोमाञ्चक भिडन्तमा बिभागिय टिमलाई सडन डेथमा पराजित गर्दै थ्रिस्टारले गोल्डकपको उपाधी उचालेको हो । आर्मीका सुमन अर्यालको प्रहार थ्रिस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गरेपछि रञ्जन विष्टको गोलले थ्रिस्टारले ट्रफी सहित ६ लाखको चेक हात पा¥यो । आर्मीले ३ लाख पुरस्कार प्राप्त गरेको छ ।

यसअघि टाइब्रेकरमा थ्रिस्टारका फोफना फोडे, सुशिल राईले गोल गर्दा दिनेश राजबंशीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । त्यस्तै आर्मीका विकेश तामाङ र विकाश खवासले गोल गर्दा दिपक गुरुङको प्रहार एलनले बचाउ गरेपछि अन्तिम भिडन्त थप रोमाञ्चक बन्न पुगेको थियो ।

यसअघि निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाबईब्रेकरमा दुबै टिमले ४–४ को बराबरी गरेपछि नजिता सडन डेथबाट निस्किएको हो । टाईब्रेकरमा थ्रिस्टारका कप्तान बिक्रम लामा, अनन्त तामाङ, रञ्जित धिमाल र रुपेश केसीले गोल गरे भने सुनिल बलको प्रहार विकेश कुथुले बचाउ गरेका थिए । टाईब्रेकरमै आर्मीका कप्तान भरत खवास, दिप लामा, विवेक बस्नेत र सन्तोष तामाङले गोल गर्दा गोलरक्षक विकेश कुथुको प्रहार थ्रिस्टारका एलन न्यौपानेले बचाउ गरेका थिए ।

विधागत उत्कृष्ट खेलाडी
सर्वोत्कृष्ट खेलाडी ः सुशिल राई, थ्रीस्टार (यामाहा सेलुटो बाइक)
गोलरक्षक ः एलन न्यौपाने, थ्रीस्टार (२० हजार)
डिफेन्स ः अडामा डाम्बिया, थ्रीस्टार (२० हजार)

फरवार्ड ः टंक बस्नेत, आर्मी (२० हजार)
मिडफिल्डर ः सन्तोष तामाङ, आर्मी (२० हजार)
प्रशिक्षक ः मेघराज केसी, थ्रीस्टार (२० हजार)
प्रतिभावान खेलाडी ः निकेश थापा, नवजनजागृति यूवा क्लब सिमरा (१५ हजार)

हाल सम्मका विजेता/उपविजेता
२०६६ मजदुर शहिद स्मृति ÷गोर्खा ब्वाइज
२०६७ हिमालयन शेर्पा ÷एपिएफ
२०६८ मनाङ मस्र्याङदी ÷सहारा
२०७० नवजनजागृति ÷वीरगञ्ज यूनाइटेड
२०७१ आर्मी ÷ पुलिस
२०७२ विजय युथ ÷रुपन्देही
२०७३ संकटा ÷ आर्मी
२०७४ आर्मी ÷थ्रीस्टार
२०७५ थ्रीस्टार ÷ आर्मी