इलाममा सिलिन्डर ग्यास पड्कीएर घरमा आगलागी

0
Shares

इलाम । इलामको इलाम नगरपालिका–७ सुन्तला बारीमा रहेको मान बहादुर गुरुङको घरमा आइतबार विहान आगलागी भएको छ ।

भुइतले पक्कीमाथि टिनले बारेको घरमा सिलिन्डर ग्यास पड्किएर आगलागी भएको हो ।

नगरपालिकाको दमकल, जनपथ प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएता पनि कोठामा रहेको धनमाल तथा लुगाफाटा बचाउन भने सकेनन् ।

घर पूर्ण रुपमा जलेको छ भने घटनाको क्षती विवरण आउन बाँकी छ ।